Pages

Ads 468x60px

Labels

Monday, May 4, 2015

भूकम्प र नेपाली (कविता)

झट्ट आयौ, झसङ्ग पार्यौ, के भाकी है तिमी ।
बिगार्नु सम्म बिगार्यौ तिमीले, के गोरखा के ठिमी ।।
यत्रा घर लडाइदियौ, मान्छे तिमी कस्ती ।
सबै रून्छन्, तिमी नाच्छौ, उजाड पार्यौ वस्ती ।।
नाच्ने नि तरिका छ, जथाभाबी नाच्यौँ ।
हाम्रो प्यारो धरहरा त्यो, किन तिमीले भाच्यौँ ।।
मान्छे हेर, कति रोका छन्, तिमीलाई आ छ हाँसो ।
हेर के के सखाप पार्यौ, पुर्खाहरूको नासो ।।
ऐया भन्छन्, मरे भन्छन्, कति दु:ख पाउने ।
अरू केही काम छैन तिम्रो, किन बार बार आउने ??
मान्छे मरे, घाइते भा छन्, पाका छैनन् खाना ।
तिम्रा बिगार लेखी लेखी, भरिए कैयौँ पाना ।।
पुग्यो हामीलाई, गर्नु गर्यौ, चुपचाप बस अब ।
बाँच्याले नि राहत पाँउथे, शान्त हुन्छौ जब ।।
आइरहे नि मतलब छैन, टेर्ने छैनौ हामी ।
साहसले त, पुर्खैदेखि कहलिएका नामी ।।
भोकाहरूलाई खाना खुवाउँला,  छत हालौँला गाउँमा ।
यी सब लड्या उठाउनेछौँ, आफ्नो आफ्नै ठाउँमा ।।
पाटन, गोरखा सब बनाउछौँ, पार्छौँ बलियो ठिमी ।
धरहरालाई उठाउनेछौँ, हेरी राख तिमी ।।

-ई. विशाल भण्डारी
२०७१/१/२२, मंगलबार

0 comments:

Post a Comment